२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शशस्त्रका पूर्व एसपी र आमाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शशस्त्रका पूर्व एसपी र आमाको मृत्यु

मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं-ललितपुरको सातदोबाटोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो १ बजेतिर सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए। 
    दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी घर भई हाल ललितपुरको सानेपा बस्ने ६५ वर्षका बिदुर गुरुङ र उनकी आमा ८४ वर्षकी धनमाया गुरुङ रहेका छन्। धनमाया मोटरसाइकलको पछाडि सवार थिइन्। बिदुर सशस्त्र प्रहरी बलका अवकासप्राप्त एसपी हुन्। 
    दुर्घटनापछि उनीहरुलाई तत्काल अल्का अस्पताल–२ मा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए। 
    सडकको छेऊको लेनमा मधेश प्रदेश–०३–०००१ ख ०६ नम्बरको ट्रक र सोहि दिशाबाट जादै गरेको मोटरसाइकल बागमती ए एए९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रक चालक बाराको जितपुर सिमारा १२ का ३३ वर्षीय बिनोद खा थारु प्रहरीको नियन्त्रणमा छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend