२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

नेपालीहरुले अवैध रुपमा स्वीस बैंकमा रकम राखे नराखेको बारे अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको स्वीस राजदूतसँग आग्रह

नेपालीहरुले अवैध रुपमा स्वीस बैंकमा रकम राखे नराखेको बारे अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको स्वीस राजदूतसँग आग्रह

बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौं-गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखेरनराखेको विषयमा अनुसन्धानका लागि सघाउन आग्रह गरेका छन् ।
    गृहमन्त्री गुरुङले नेपालस्थित स्विट्जरल्यान्डकी राजदूतसँगको भेटमा यस्तो आग्रह गरेका उनको सचिवालयले जानकारी दिएको छ । नेपालस्थित स्वीस दूतावासले पनि गृहमन्त्री गुरुङसँग शिष्टाचार भेट भएको उल्लेख गरेको छ । दूतावासले आफ्नो सामाजिक सञ्जालमा राजदूत डानियल मेउलीले बुधबार गृहमन्त्री गुरुङसँग शिष्टाचार भेटवार्ता गरेको उल्लेख गरेको छ ।
    दूतावासका अनुसार उक्त भेटमा स्विट्जरल्यान्ड र नेपालको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने विषयमा केन्द्रित थियो । त्यसक्रममा विकास सहयोग, विपद् व्यवस्थापन तथा सुशासनका विषयमा पनि छलफल भएको दूतावासले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend