२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण

सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण

शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • काठमाडौं- वाग्मती प्रदेश सरकारले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ । शुक्रबार चैत २७ प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयबाट नयाँ भाडादर कायम गरिएको हो ।
    नयाँ भाडादर शनिबार (चैत २८)देखि लागु गरिएको छ । योसँगै अब काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा न्यूनतम २४ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । पाँच किलोमिटरसम्म दूरीका निम्ति २४ रुपैयाँ भाडा कायम गरिएको हो । पाँच किलोमिटरसम्मको भाडा यसअघि १९ रुपैयाँ थियो ।
    १० किलोमिटरसम्म ३३ रुपैयाँ भाडा निर्धारण गरिएको छ । १५ किलोमिटरसम्म ३९ रुपैयाँ भाडा कायम गरिएको प्रदेश राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
    यस्तै, २० किलोमिटरसम्म ४४ रुपैयाँ भाडा निर्धारण गरिएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका निम्ति ५० रुपैयाँ भाडा कायम गरिएको छ ।
    “विद्युतीयमाध्यमबाट सञ्चालित यात्रुवाहक सवारीसाधनको हकमा २०७९।०१।०१ देखि लागु गरिएको भाडादर नै यथावत् राखिने,” सूचनामा भनिएको छ ।
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला ९सरोज०ले पनि यो भाडादर पेट्रोल र डिजेलबाट सञ्चालित सवारीसाधनमा मात्र लागु हुने स्पष्ट पारे ।
    “विद्युतीय सवारीसाधनमा पनि हुनुपर्ने हो, तर तत्काललाई गरिएको छैन । अहिले तत्काललाई डिजेल, पेट्रोलबाट चल्ने सवारीको मात्र भाडादर समायोजन भएको हो,” उनले भने ।
    विद्युतीय सवारीसाधनमा भने साबिककै भाडादर लागु हुने उनले जानकारी दिए । “अहिले तत्काललाई विद्युतीय सवारीसाधनमा पहिला ०७९ सालमा जे तय भएको हो, त्यो नै अहिले लागु हुन्छ,” उनले भने ।
    उनले राजपत्रमा प्रकाशित सूचनाअनुसार भाडा लिनदिन सम्बन्धित सबैमा आग्रह समेत गरे । पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिसँगै सवारीसाधनको भाडा बढाइएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend