२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

आजको विदेशी मुद्रा विनिमयदर

आजको विदेशी मुद्रा विनिमयदर

बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ - नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा रहेको छ। त्यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८७ रुपैयाँ २० पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ ८० पैसा र १०९ रुपैयाँ २३ पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ७९ पैसा र १२० रुपैयाँ २६ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ। चिनियाँ युआन एकको २२ रुपैयाँ ७९ पैसा र २२ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियालको ४० रुपैयाँ ६५ पैसा र ४० रुपैयाँ ८१ पैसा तथा कतारी रियालको ४१ रुपैयाँ ८८ पैसा र ४२ रुपैयाँ ०४ पैसा कायम गरिएको छ।

    त्यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा, युएई दिरामको ४१ रुपैयाँ ५६ पैसा र ४१ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ४५ पैसा र ३७ रुपैयाँ ६० पैसा रहेको छ।

    साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको १५ रुपैयाँ ५७ पैसा र १५ रुपैयाँ ६३ पैसा तथा डेनिस क्रोनर एकको २३ रुपैयाँ ४२ पैसा र २३ रुपैयाँ ५१ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा छ। कुवेती दिनार एकको ४९६ रुपैयाँ ६७ पैसा र ४९८ रुपैयाँ ६२ पैसा, बहराइन दिनारको ४०४ रुपैयाँ ९३ पैसा र ४०६ रुपैयाँ ५३ पैसा तथा ओमनी रियालको ३९६ रुपैयाँ ४९ पैसा र ३९८ रुपैयाँ ०५ पैसा कायम गरिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend