२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

भारी बर्षाले घरको छत खस्दा आठ जनाको मृत्यु

भारी बर्षाले घरको छत खस्दा आठ जनाको मृत्यु

शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • अफगानिस्तान-भारी बर्षाका कारण घरको छत खस्दा पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार एउटै परिवारका आठ जनाको मृत्यु भएको छ । घटनामा एक जना बालक घाईते भएका छन । 
    स्यागिरड जिल्लामा उक्त दुर्घटना भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले बताएका छन‍्। यसअघि काबुलको बागरामी क्षेत्रमा यस्तै दुर्घटनामा हुँदा एउटै परिवारका आठ जनाको ज्यान जानुका साथै एक बालक घाइते भएको जनाइएको थियो । अफगानिस्तानमा विगत दुई हप्तामा बाढी  जन्य घटनाहरूका कारण १४८ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend