२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

इरान - अमेरिका वार्ता असफल

महत्वपूर्ण विषयमा सहमति हुन सकेन- इरान

महत्वपूर्ण विषयमा सहमति हुन सकेन- इरान

आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • इस्लामाबाद- पाकिस्तानमा अमेरिकासँग शनिबार रातभर भएको वार्ता किन असफल भयो भन्ने विषयमा इरानले जानकारी गराएको छ। 
    बीबीसी फारसी सेवाका अनुसार, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले ‘दुई तीन महत्त्वपूर्ण विषयमा असहमति’का कारण अमेरिकासँग सम्झौता हुन नसकेको बताएका हुन्। 
    इस्माइल बकाईले इरान न्युज नेटवर्कसँग भनेका छन्, ‘पाकिस्तानको मध्यस्थतामा २४ देखि २५ अप्रत्यक्ष वार्ता भए र केही विषयमा हामी अमेरिकी प्रतिनिधिमण्डलसँग एउटा सम्झौतामा पुग्यौँ, तर दुई-तीन मामिलामा वैचारिक भिन्नता भयो र हामी सहमतिमा पुग्न सकेनौँ।’
    खासगरी हर्मुज जलमार्ग कहिले र कसरी खुला गर्ने, इरानसँग रहेको करिब ४०० किलो प्रशोधित युरेनियमलाई के गर्ने र विदेशमा पश्चिमाहरूले रोक्का गरिदिएको इरानको २७ अर्ब डलर रकम खुला गर्ने विषयमा कुरा अड्किएको छ।

    अमेरिकाले हर्मुज जलमार्ग तुरुन्त खोल्न माग गरेको थियो। तर, इरानले अन्तिम सम्झौता नहुञ्जेल सो मार्ग खोल्न नसकिने जवाफ दिएको थियो। इरानी अधिकारीहरूलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएअनुसार इरान सम्झौता नहुँदै युद्धको आफ्नो सबैभन्दा गतिलो हतियार छाड्न चाहँदैन। बलप्रयोगबाट हर्मुज खुलाउन नसकेकै कारण अमेरिका वार्तामा बस्न बाध्य भएको इरानी बुझाइ देखिन्छ।

    त्यस्तै, अमेरिकाले इरानलाई आणविक कार्यक्रम प्रस्ट रेडलाइन भएको बताएको थियो। र, प्रशोधित युरेनियम बुझाउनुपर्ने माग गरेको थियो। वार्तापछि भान्सले भनेका छन्, ‘उनीहरूले आणविक हतियार बनाउन खोज्ने छैनन् भन्ने विषयमा सकारात्मक प्रतिबद्धता देखिनु आवश्यक छ। अमेरिकाको लक्ष्य यो हो।’ तर, इरानले तत्काल युरेनियम बुझाउन अस्वीकार गरेको छ।

    अर्कोतिर, इरानले ६ हप्ता लामो अमेरिकी र इजरायली बमबारीको क्षतिपूर्ति पाउनुपर्ने माग गरेको थियो। त्यस्तै, विदेशमा रोक्का गरिएको रकम पनि खुलाउनुपर्ने माग राखेको थियो। इराक, लक्जेम्बर्ग, बहराइन, जापान, कतार, टर्की र जर्मनीमा इरानी रकम रोक्का गरिएको छ। अमेरिकीहरूले यसलाई अस्वीकार गरेका थिए।

    अमेरिका र इरानबीच अन्य कयौँ मतभेद बाँकी नै छन्। अमेरिकालाई युद्धमा तान्ने शक्ति इजरायल युद्धविरामको विपक्षमा देखिएको छ।अमेरिकी आग्रहमा इरानमा आक्रमण रोके पनि उसले लेबनानमा हमला जारी राखेको छ। इजरायल यो वार्तालाई गराउने जुक्तिमा लागेको कतिपयको विश्लेषण छ। यद्यपि, इरानले एकै पटकको वार्ताबाट निष्कर्ष निस्किने अपेक्षा कसैले नगरेको जनाएको छ। ‘एकै चरणमा सहमतिमा पुग्न सकिन्छ भन्ने अपेक्षा गर्नुहुँदैन,’ विदेश मन्त्रालयका 

    उनले केवल यत्ति भने, ‘क्षेत्र र होर्मुज स्ट्रेटजस्ता नयाँ मुद्दा थपिएपछि वार्ता अझ जटिल बन्यो। त्यसो त एकै दिनमा सम्झौता हुने अपेक्षा पनि थिएन।’ 
    बीबीसी फारसी सेवाका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्पर्क र संवाद भने जारी रहने बताएका छन्।
    उनले अगाडि भने, ‘कूटनीति कहिल्यै समाप्त हुँदैनस यो देशको हित रक्षा गर्ने माध्यम हो।’ 
    पाकिस्तानको राजधानी इस्लामाबादमा भएको वार्तामा अमेरिकातर्फ उपराष्ट्रपति भान्स र इरानतर्फ संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले आआफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। वार्ता असफल भएपछि दुवै देशका वार्ता टोली आइतबार बिहान पाकिस्तानबाट बाहिरिइसकेका छन्। 
    अमेरिका फर्कनुअघि भान्सले पाकिस्तानको राजधानी इस्लामाबादमा पत्रकार सम्मेलन गरी भनेका थिए, ‘सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा इरानका लागि नराम्रो खबर हो।’
    उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताएका थिए। उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ।’
    इरानी समाचार एजेन्सी तस्निमका अनुसार ‘अमेरिकाका सर्त धेरै कडा थिए, जसले गर्दा सम्झौता हुन सकेन।’  गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेपछि स्थायी समाधानका लागि भन्दै अमेरिका र इरान पाकिस्तानको मध्यस्थतामा वार्ताको टेबुलमा बसेका थिए। 
    तर युद्धविराम सम्झौतापछि पनि इजरायलले लेबननमा हमला जारी राखेपछि इरान रिसाएको थियो। यस विषयमा वार्तामा बस्नुअघि नै अमेरिका र इरानबिच मतभेद भइरहेको थियो। 
    गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेतालगायत शीर्ष नेता तथा अधिकारी मारेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend