२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

प्रधानमन्त्री शाहको बैंक खातामा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको बैंक खातामा १ करोड ४६ लाख

आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन्। शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइट मार्फत् सम्पत्ती विवरण सार्वजनिक गरेका हुन्। 
    सम्पत्ती विवरणमा शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नंम्बर ९ मा ५ आजना जना रहेको र धनुषामा १ दशमवल २ विघा जग्गा रहेको उल्लेख छ। त्यस्तै बुवा रामनाराइण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ। 
    शाहले श्रीमती सवितासँग १ सस ९० तोला सुन रहेको उल्लेख गरेका छन्। सम्पत्तीको स्रोत पैतृक भएको उल्ले गरेका छन्। 
    प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रकम रहेको सम्पत्ती विवरणमा खुलाएका छन्। उनले आफ्नो आयको स्रोत फेसबुक, युट्युब,र स्पोटिफाइ रहेको उल्लेख गरेका छन्। 
    उनले आफ्नो अन्य सम्पत्ती विवरणका रुपमा फेसबुक युट्युब र ट्वीटरमा भएको फलोअर संख्या समेत देखाएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend