२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

इरानसँगको वार्ता असफल भएसँगै  ‘स्ट्रेट अफ हर्मुज’ मा नाकाबन्दी गर्ने अमेरिकी नौ सेनाको चेतावनी

इरानसँगको वार्ता असफल भएसँगै  ‘स्ट्रेट अफ हर्मुज’ मा नाकाबन्दी गर्ने अमेरिकी नौ सेनाको चेतावनी

सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२

  • अमेरिका इजरायल र इरानबिचको युद्ध नयाँ चरणमा प्रवेश गरेको छ। इस्लामाबाद बार्ता असफल भएसँगै अमेरिका र इरानबिचको १० दिने युद्ध विराम समेत संकटमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्।
    दुबै देशले तमाम अविश्वासबिच बार्तामार्फत दीर्घकालीन शान्ति सम्झौता हुने आशा ब्यक्त गरेका थिए। तर सप्ताहन्तमा निरास खबरहरुसँगै फेरी एकपटक अनिश्चितता छाएको छ। इरानको परमाणु भण्डार र ‘स्ट्रेट अफ हर्मुज’ माथिको नियन्त्रणको विषयमा सहमति नजुट्दा वार्ता अवरुद्ध भएको सिएनएनले स्रोतहरूलाइ उदृत गर्दै जनाएको छ।
    यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले अब ‘स्ट्रेट अफ हर्मुज’ मा नाकाबन्दी गर्ने चेतावनी दिएका छन्। उनले ‘हर्मुज’ हुँदै जाने जहाजहरु जसले इरानलाई शुल्क तिरिरहेका छन् उनीहरुलाइ अवरोध गर्ने बताए। उनले तेहरानमाथि ‘जबरजस्ती असुली (एक्स्टोर्सन) गरेको आरोप लगाएका छन्। सम्झौता नभएसम्म फेरी एकपटक विश्व ऊर्जा आपूर्ति पूर्ण रुपमा प्रभावित रहने जोखिम बढेको छ। ट्रम्पले सामाजिक सञ्जालमा इस्लामाबादमा भएको प्रत्यक्ष वार्ता असफल हुनुको कारण इरान आफ्नो ‘परमाणु महत्वाकांक्षा’ त्याग्न तयार नभएको बताएका छन्।
    अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने ‘तत्काल विश्वकै उत्कृष्ट अमेरिकी नौसेनाले ‘स्ट्रेट अफ हर्मुज’ मा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने सबै जहाजहरूलाई रोक्ने (नाकाबन्दी गर्ने) प्रक्रिया सुरु गर्ने छ। कुनै समयमा हामी ‘सबैलाई भित्र जान दिइने, सबैलाई बाहिर निस्कन दिइने’ अवस्थासम्म पुग्नेछौं, तर इरानले ‘कतै कुनै माइन हुन सक्छ’ भन्ने मात्र बहाना बनाएर यस्तो हुन दिएको छैन, जसबारे अरू कसैलाई थाहा छैन, उनीहरूलाई मात्रै थाहा छ। यो त विश्वव्यापी जबरजस्ती असुली (एक्सटोर्सन) हो।’
    यसअघि इरानी प्रतिनिधिमण्डलका प्रमुखले भने लामो वार्ताका क्रममा अमेरिकाले तेहरानको विश्वास जित्न नसकेको र अनावश्यक शर्तहरु तेर्स्याएको बताएका थिए। विश्लेषकहरूका अनुसार सम्झौता नहुनु अचम्मको कुरा होइन, तर अब ट्रम्पसामु स्पष्ट विकल्प मात्र बाँकी छन् कि तनाव बढाउने कि पुनः वार्तामा फर्किने।
    अर्को तर्फ इजरायल र लेबनानका कूटनीतिज्ञ बीच यसै साता वार्ता हुने तयारी छ। तर इजरायलले इरान समर्थित हेजबुल्लाहमाथि आक्रमण जारी राख्दा रातभरि मृत्यु र घाइते हुने घटना भएका छन्। जसका कारण यो वार्ता पनि अनिश्चित बन्ने खतरा बढेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend