२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

इरानलाई सैन्य सहायता दिएको अमेरिकी आरोपको चीनद्धारा पूर्ण अस्वीकार

इरानलाई सैन्य सहायता दिएको अमेरिकी आरोपको चीनद्धारा पूर्ण अस्वीकार

बुधवार, बैशाख २ २०८३
बुधवार, बैशाख २ २०८३
  • काठमाडौं-इरानलाई सैन्य सहायता दिएको भन्ने खबर बाहिरिएपछि चीनले आपत्ति जनाएको छ । चीनले त्यस्ता समाचारहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।
    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले उक्त समाचार मनगढन्ते र आधारहीन भएको बताए । यी आरोपका आधारमा अमेरिकाले चीनमाथि ‘ट्यारिफ’ (भन्सार शुल्क) बढाए बेइजिङले कडा जवाफ दिने चेतावनी दिए ।
    लिन जियानले सामाजिक सञ्जाल ‘एक्स’मा चीनले इरानलाई सैन्य सहायता दिएको दाबीहरू निराधार भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “इरानलाई सैन्य सहायता प्रदान गरेको भन्ने चीनमाथिका आरोपहरू पूर्ण रूपमा मनगढन्ते हुन् । अमेरिकाले यी आरोपहरूको आधारमा चीनमाथि शुल्क वृद्धि गरे चीनले पनि जवाफी कदम चाल्नेछ ।”
    चीनको यो वक्तव्यलाई अमेरिकासँगको सम्बन्धमा बढ्दो तनावको संकेतका रूपमा हेरिएको छ ।
    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि यो मुद्दामा प्रतिक्रिया दिएका छन् । इरानलाई सैन्य सहायता दिने देशले ठूला समस्याहरूको सामना गर्नुपर्ने ट्रम्पको चेतावनी छ । ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “यदि चीनले यसो गर्छ भने उसले यसको परिणाम भोग्नुपर्नेछ ।” यद्यपि, उनले चीनसँग अमेरिकाको सम्बन्ध धेरै राम्रो रहेको र चीनले पनि यो द्वन्द्वको अन्त्य चाहेको बताए ।
    एक प्रश्नको जवाफ दिँदै ट्रम्पले आफूले यस मुद्दामा चिनियाँ राष्ट्रपतिसँग सीधा कुरा नगरेको बताए । “दुई देशबीच संवाद जारी छ । तर, यो विशेष मुद्दामा अहिलेसम्म कुनै प्रत्यक्ष छलफल भएको छैन,” ट्रम्पले भने ।
    ट्रम्पले आफ्नो चीन भ्रमणको नयाँ तालिका पनि बताएका छन् । इरान युद्धका कारण सारिएको आफ्नो चीन भ्रमण, अब मे १४ र १५ मा हुने उनको भनाइ छ । साथै ट्रम्पले उनी र पत्नी मेलानिया ट्रम्पले यो वर्षको अन्त्यमा वासिङ्टन डीसीमा चिनिया राष्ट्रपति सी चिनफिङ दम्पतीलाई स्वागत गर्ने बताए ।
    विज्ञहरूका अनुसार, इरान, अमेरिका र चीनबीचको यो वक्तव्यबाजीले वैश्विक कूटनीतिलाई थप जटिल बनाउन सक्छ । एकातिर अमेरिका इरानको परमाणु कार्यक्रमलाई लिएर कडा अडानमा छ भने अर्कोतिर चीनले यी आरोपहरूलाई खारेज गर्दै आफ्नो स्थिति स्पष्ट पारिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend