२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

डिजल, मट्टीतेल र हवाई इन्धनको फेरि मूल्यवृद्धि

डिजल, मट्टीतेल र हवाई इन्धनको फेरि मूल्यवृद्धि

बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले गए रातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ ।
    नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल(मट्टीतेलको प्रतिलिटर २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ पुगेको छ ।
    अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।
    पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend