रोल्पा- रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीथयात्री बोकेर गएको जीप बिहीबार दिउँसो दुर्घटनामा परेको छ ।
थबाङ गाउँपालिका–१, जलजलास्थित सडकखण्डबाट जीप भीरवाट खस्दा १५ तीर्थयात्रु गम्भिर घाईते बनेका छन ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले जीप करिब ८०० मिटर तल खसेको जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको उद्धार कार्य जारी छ । जीपमा कतिजना सवार थिए भन्ने खुल्न बाँकी रहेको रोल्पाका प्रहरी निरीक्षक सुनील थापाले बताए ।