२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रोल्पा दुर्घटनाका मृतकको शव बाटोमा ल्याउन २१ घण्टा लाग्यो

रोल्पा दुर्घटनाका मृतकको शव बाटोमा ल्याउन २१ घण्टा लाग्यो

शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • रोल्पा- बालेन नेतृत्वको सरकारले शहरका विपन्न सुकुम्बासी बस्तीहरुमा सरकारी जग्गा अतिक्रमणको नाममा धमाधम डोजर लगाएर खण्डहर बनाउँदै हजारौं नागरिकलाई विचल्ली बनाउने काम गरिरहेको छ । सरकारको यस्तो खालको डोजर आतंकको समर्थनमा एकथरी सामाजिक संजाल प्रयोगकर्ताहरु कुर्लदै गरेका छन ।

    सामाजिक संजालमा राज्यको अमानविय क्रियाकलापको विरोध जनाउनेहरुलाई तथानाम गाली गलौज गर्दै सरकार समर्थकहरुले सुकुम्वासीहरुलाई गाउँमा फर्किएर गरी खान नसकेका भन्दै आलोचना गरिरहेका छन । सामाजिक संजालमा सुकुम्वासी बस्तीबाट उठाएर विचल्लीमा पारिएकाहरु व्यथा त छर्दै छ, तर विकट गाउँमा बस्न कति पीडादायी छ ? भन्ने उदाहरण रोल्पाको जलजलामा विहीवार भएको जीप दुर्घटनाले देखाउछ । जहाँको जर्जर पहाडमा बर्षभरी पसिना वगाउँदा पनि दुई महिना छाक टार्न धौ धौ पर्छ । कदम कदाचित त्यहाँको खतरनाक वाटोमा अप्रिय दुर्घटनाको शिकार भएर ज्यान गुमाएर लास भेटिए हालेपनि बाटोमा ल्याउन सिंगो दिन लाग्छ । 
    जलजलामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाउने २० जनाको शव भिरबाट सडकसम्म ल्याउन झन्डै २१ घण्टा लागेको छ। 
    जिप खसेको स्थान अत्यन्त अप्ठेरो ठाउँमा पर्छ। सुरक्षाकर्मीले पहिले पैदल बाटो खोलेपछि डोरीको सहायताले केहीबेरअघि मात्रै सबै शव माथि सडकमा निकालेका हुन्। 
    विकट भूगोल, भिरालो र खोँच क्षेत्र, कमजोर सञ्चार पहुँच जस्ता कारणले उद्धार कार्यमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। 
    उनका अनुसार दुर्घटनापछि सबैभन्दा नजिकको प्रहरी युनिट २० मिनेटमै घटनास्थलमा पुगेको थियो। तर जिप सडकबाट करिब ८ सय मिटर तल गहिरो खोंचमा खसेकाले शव निकालेर माथि ल्याउन अत्यन्त कठिन भएको थियो। कठिनाइकै कारण गएराति उद्धार हुन सकेको थिएन। 
    आज बिहान उज्यालो हुनेबित्तिकै उद्धार टोली डोरीको सहायताले बाटो बनाउँदै तल झरेका थिए। ‘एक–एक शव बोकेर माथि ल्याउनुपरेको कारण शुक्रबार दिउँसो झण्डै १२ बजेमात्र उद्धार कार्य सकिएको छ,’ प्रहरी निरीक्षक नेपालीले भने।
    दुर्घटनास्थलसम्म पुग्ने सडकसमेत सहज छैन। एम्बुलेन्स र ठूला उद्धारका सवारी तत्काल पुग्न नसक्ने अवस्था तथा मोबाइल नेटवर्क कमजोर भएकाले प्रारम्भिक समन्वयमै समस्या परेको प्रहरीको भनाई छ। 
    घटनास्थल आसपास मोवाइल फोनले काम नगर्दा सूचना आदानप्रदान र थप जनशक्ति जुट्नसमेत समय लागेको थियो। बिहीबार दिउँसो २स्४० बजे भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 
    रुकुमपूर्वको सिस्ने गाउँपालिका ५ टाकुरा बस्ने वर्ष ३२ का समीर कामीलाई रुकुमपूर्व जिल्ला अस्पतालमा उपचारपछि बिहीबार राति डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। 
    जिप चालक बेदबहादुर बिक टाकुरा निवासी हुन्। उनको अवस्था खुलेको छैन। तर प्रहरीले उनको पनि मृत्यु भएको अनुमान गरेको छ। 
    मृतकमध्ये ४ बालक, ४ पुरुष र १२ महिला रहेका छन्। तर उनीहरू कसैको पनि पहिचान खुल्न सकेको छैन। 
    रुकुमकोटबाट जलजलातर्फ एकै समयमा २–३ वटा गाडी गएका थिए। कुन गाडीमा को–को चढेका थिए भन्ने स्पष्ट नहुँदा मृतकको सनाखतमा कठिनाइ भएको प्रहरीले जनाएको छ। रोल्पामा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटना छानबिन गर्न समिति गठन
    खोँचबाट निकालिएका शव पोस्टमार्टमका लागि प्रहरीले अस्पताल लगेको छ। पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend