२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

केही स्थानमा आज वर्षाको सम्भावना

केही स्थानमा आज वर्षाको सम्भावना

शनिवार, जेठ २ २०८३
शनिवार, जेठ २ २०८३
  • काठमाडौं- देशका  छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 
    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली, पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । 
    कोसी प्रदेशका केही स्थान, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भूभाग र मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको  सम्भावना छ ।
    मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
    विभागले राति कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । 
    कोसी प्रदेशको थोरै स्थान, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका  तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend