२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

इबोला भाइरसले कंगोको इटुरीमा ८० जनाको मृत्यु

इबोला भाइरसले कंगोको इटुरीमा ८० जनाको मृत्यु

आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसका कारण अहिलेसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ जना शंकास्पद अवस्थामा छन्।
    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ।
    तर यो महामारी नभएको दाबी पनि डब्ल्यूएचओले गरेको छ। कंगोका स्वास्थ्यमन्त्री समुएल रोजर काम्बाका अनुसार, पहिलो इबोला संक्रमणका कारण सबैभन्दा पहिले अप्रिल २४ मा एक नर्सको मृत्यु भएको विश्वास गरिन्छ। परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो स्ट्रेन’का आठ घटना पुष्टि भएको छ।
    यो संक्रमण हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोङवालु क्षेत्रमा फैलिएको छ। इबोला पहिलोपटक सन् १९७६ मा कंगोमा पत्ता लागेको थियो। यो देशमा इबोला संक्रमण फैलिएको यो १७औँ पटक हो।
    विज्ञहरूका अनुसार यसपटक इबोलाको बुन्डिबुग्यो स्ट्रेन पत्ता लागेको छ भने पहिले कंगोमा धेरैजसो संक्रमण जायर स्ट्रेनका थिए।
    यसले चिन्ता बढाएको छ, किनभने इबोलाविरुद्ध हाल रहेका उपचार र खोप जायर स्ट्रेनलाई ध्यानमा राखेर विकास गरिएको थिए। एजेन्सी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend