बर्दिया-गैडाको आक्रमणमा परेका पर्यटकको ज्यान बचाउनेक्रममा बर्दियामा एक गाईडले ज्यान गुमाएका छन । बच्चासहितको गैंडाको आक्रमणमा परेर अमेरिकी पर्यटकसहित दुई घाईते बनेका छन ।
सामुदायिक बनको अवलोकन गर्नेक्रममा पर्यटक र गाईड गैंडाको आक्रमणमा परेका थिए ।
बर्दियाका प्रहरी उपरीक्षक प्रवीण धितालले विदेशी पर्यटकलाई जोगाउन खोज्दा ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय गाईड मनमोहन चौधरीको घटनास्थलमा मृत्यु भएको जानकारी दिए । गैँडाको आक्रमणमा अमेरिकन पर्यटक एमसी सावन र उक्त वनको चौकीदार खिन्चु थारु घाइते भएका र उनीहरूलाई ठाकुरबाबास्थित नगर अस्पतालमा उपचारका लागि पठाइएको छ। चौधरीको अवस्था सामान्य भए पनि अमेरिकन पर्यटकलाई गम्भीर चोट लागेको छ।
याम्सी लन्डन सावनलाई उपचारको लागि नगर अस्पताल भुरीगाउँ पठाइएको छ भने छिन्चु थारुको अवस्था सामान्य रहेको छ । मधुबन नगरपालिका वडा नं. १ स्थित शिवपुर सामुदायिक वनमा २०८१ सालको भदौ २० गते राति ठाकुर बाबा नगरपालिका–९ स्थित बर्दिया होमस्टेमा बास बसेका याम्सी लन्डन सावन, मनमोहन चौधरी र छिन्चु थारु जंगलवाकमा निस्किएका थिए । बिहान करिब ८ बजे उनीहरूलाई गैँडाले आक्रमण गरेको थियो ।