२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

खोलामा डुबेर तीन बालिकाको मृत्यु

खोलामा डुबेर तीन बालिकाको मृत्यु

शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३
  • जनकपुरधाम- महोत्तरीमा खोलामा डुबेर तीन बालिकाको ज्यान भएको छ । मनराशिसवा नगरपालिका–७, सरपल्लोका १३ वर्षीया स्नेहा भण्डारी, ६ वर्षीया शिवानी भण्डारी र अफ्साना खातुनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले जानकारी दिए । उनका अनुसार, स्नेहा र शिवानी दिदीबहिनी हुन् ।
    स्नेहा र अफ्साना मुनीलाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी छिन् । विद्यालय सकेर दुवैजना अंकुशी र जंघा खोलाको दोभानमा नुहाउने क्रममा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
    तीनैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend