२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

एमबाप्पेको कीर्तिमानी प्रदर्शनमा फ्रान्सको शानदार जित

एमबाप्पेको कीर्तिमानी प्रदर्शनमा फ्रान्सको शानदार जित

बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • फिफा विश्वकप–२०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा किलियन एमबाप्पेको कीर्तिमानी गोलसँगै फ्रान्सले सेनेगललाई  ३–१ गोलअन्तरले पराजित गरेको छ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टोलीबाट चार गोल निस्कँदा खेल रोमाञ्चक बनेको थियो।

    फ्रान्सका स्टार फरवार्ड एमबाप्पेले ६६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनले यस विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गरेका थिए।

    फ्रान्सले ८२औँ मिनेटमा अग्रता दोब्बर बनायो। ८०औँ मिनेटमा ओस्मान डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका ब्राडली बारकोलाले मैदान छिरेको दोस्रो मिनेटमै गोल गर्दै फ्रान्सलाई २–० को सहज अवस्थामा पुर्‍याए।

    इन्जुरी समयतिर सेनेगलका इब्राहिम एमबायेले गोल गर्दै खेललाई २–१ मा झारेका थिए। तर त्यसको केही क्षणमै एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

    दुई गोलसहित खेलका नायक बनेका एमबाप्पेको प्रदर्शनले फ्रान्सलाई प्रतियोगितामा महत्वपूर्ण तीन अंक दिलाएको छ। जितसँगै फ्रान्सले विश्वकपको उपाधि यात्रालाई थप बलियो बनाएको छ भने सेनेगलले भने पहिलो हार व्यहोरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend