२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

काठमाडौं उपत्यकामा आज मध्यम वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा आज मध्यम वर्षाको सम्भावना

शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौं - आज शनिबार काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकाल का अनुसार बिहानदेखि नै काठमाडौं उपत्यकाको आकाश बादलले ढाकिएको छ र दिनभर मौसम परिवर्तनशील रहने अनुमान गरिएको छ।

    ‘अहिले बिहान काठमाडौंको आकाश बादलले भरिएको छ। तत्काल वर्षाको सम्भावना भए पनि त्यो न्यून छ। वर्षा भइहाल्यो भने हल्का खालको हुनेछ,’ मौसमविद् ढकालले बताएका छन्। उनका अनुसार दिउँसोपछि भने वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ।

    महाशाखाका अनुसार केही समयका लागि घाम लाग्ने सम्भावना रहे पनि मध्याह्नपछि पुनः बादल विकास भई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    मौसमविद् ढकालका अनुसार हाल काठमाडौं उपत्यकाको मौसममा मुख्यतः पश्चिमी वायुको प्रभाव रहेको छ भने पूर्वी वायुको समेत आंशिक प्रभाव देखिएको छ। यी दुवै प्रणालीको संयुक्त प्रभावका कारण दिनभर मौसम बदली रहने र वर्षाको सम्भावना कायम रहने जनाइएको छ।

    मौसमविद्हरूले वर्षाका कारण सडक चिप्लो हुने तथा केही स्थानमा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै कृषकहरूलाई पनि मौसमको अवस्थाबारे जानकारी राखेर कृषि कार्य सञ्चालन गर्न सुझाव दिइएको छ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend