नवलपरासी-बसको ठक्करवाट पूर्वपश्चिम राजमार्गको भैसाखोरीखण्डमा हजुरआमा र नातिको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका १० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र ५५ बर्षिया हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गैँडाकोट ११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । गम्भिर घाईते भएकी श्रीमायाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारकोक्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान र कार्वाहीको प्रकृया अघि बढाएको जानकारी दिए ।