काठमाडौं- फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध सानदार जित दर्ता गरेको छ।
खेलको पहिलो हाफमा एक गोलले पछि परेको अवस्थामा रहेको इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण तीन अंक आफ्नो पक्षमा पार्न सफल भयो।
न्युजिल्यान्डले खेलको १५औँ मिनेटमा अग्रता बनाएको थियो। फिन समनले हेडमार्फत गोल गर्दै टोलीलाई १–० को सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफभर न्युजिल्यान्डले आफ्नो अग्रता जोगाउँदै इजिप्टलाई दबाबमा राखेको थियो।
तर दोस्रो हाफमा इजिप्ट पूर्ण रूपमा लयमा फर्कियो। खेलको ५८औँ मिनेटमा बराबरी गोल गर्दै इजिप्टले खेलमा पुनरागमनको संकेत दिएको थियो। त्यसपछि ६८औँ मिनेटमा अर्को गोल थप्दै इजिप्टले २–१ को अग्रता बनायो।
आक्रमणलाई निरन्तरता दिएको इजिप्टले खेलको अन्त्यतिर थप एक गोल गर्दै न्युजिल्यान्डमाथि ३–१ को प्रभावशाली जित निकालेको हो।
पहिलो हाफमा राम्रो प्रदर्शन गरेको न्युजिल्यान्ड दोस्रो हाफमा भने दबाबमा परेको देखियो। इजिप्टको तीव्र आक्रमण र उत्कृष्ट तालमेलसामु न्युजिल्यान्डको रक्षापंक्ति कमजोर सावित भयो।
यस जितसँगै इजिप्टले प्रतियोगितामा महत्त्वपूर्ण तीन अंक जोड्दै आफ्नो यात्रालाई थप मजबुत बनाएको छ भने न्युजिल्यान्डले दोस्रो हाफको कमजोर प्रदर्शनका कारण हार व्यहोर्नुपरेको छ।