२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

सम्पती शुद्धिकरण मुद्धामा एमाले उपाध्यक्ष पौडेल पक्राउ

सम्पती शुद्धिकरण मुद्धामा एमाले उपाध्यक्ष पौडेल पक्राउ

सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। सोमबार अपराह्न पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो। एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेल सुझाव संकलनका क्रममा सुर्खेत पुगेका थिए। 
    यसअघि कार्यदलले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सुझाव संकलन तथा भेला गरेको थियो। त्यसपछि उनी कार्यदलको टोलीसँगै सुर्खेत पुगेका हुन्। 
    उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ। उनलाई पक्राउ गर्न अघि काठमाडौँ भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको जनाइएको छ।

    विष्णुप्रसाद पौडेलको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खानतलासी गरी केही इलेक्ट्रोनिक सामग्री र बैंकसम्बन्धी कागजात बरामद गरेको छ।

    स्रोतका अनुसार विभागका अधिकारीहरू सोमबार दिउँसो ललितपुरको भैँसेपाटीस्थित पौडेल परिवार बसोबास गर्दै आएको घरमा पुगेका थिए। खानतलासीका क्रममा एक थान म्याकबुक ल्यापटप, एक थान पेनड्राइभ तथा केही बैंक चेकबुक बरामद गरिएको बताइएको छ।

    त्यतिबेला पौडेल पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेतमा रहेका थिए भने घरमा उनकी पत्नी गीता पौडेल उपस्थित थिइन्। विभागका अधिकारीहरूले व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि घर खानतलासी गर्नुपर्ने जानकारी गराउँदै कानुनी प्रक्रिया अनुसार अनुमति लिएका थिए।

    पौडेललाई फोनमार्फत जानकारी गराइएपछि उनले अनुसन्धानमा सहयोग गर्न परिवारलाई आग्रह गरेको निकट स्रोतले जनाएको छ। त्यसपछि विभागले घरका विभिन्न कोठा तथा कागजातहरूको निरीक्षण गरेको थियो।

    खानतलासीपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले पौडेलसँग सम्पर्क गरी काठमाडौं फर्किएपछि विभागमा उपस्थित हुन आग्रह गरेका थिए। तर त्यसको केही समयपछि विभागले सुर्खेत प्रहरीलाई पत्राचार गरी उनलाई नियन्त्रणमा लिन निर्देशन दिएको बताइएको छ।

    प्रहरी टोलीले सोमबार साँझ सुर्खेतस्थित एक होटलबाट पौडेललाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई रातारात काठमाडौं ल्याइएको जनाइएको छ।

    मंगलबार विशेष अदालतमा उपस्थित गराइएका पौडेलमाथि अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    यस घटनापछि एमाले नेतृत्वले अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको छ। पार्टी महासचिव शंकर पोखरेलले अनुसन्धान निकायहरूमा राजनीतिक हस्तक्षेप भएको आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend