काठमाडौँ- हरेक कुरामा परनिर्भर बन्दै गइरहेको नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीसँगै बर्षेनी १ खर्ब २५ अर्ब रुपयाँ बाहिरिने गरेको छ । विद्यार्थीहरुले चाहेजस्तो उच्च शिक्षा अध्ययन गर्ने बातावरण नेपालमा नभएका कारण हरेक बर्ष ऋणमा चुर्लुम्म डुव्ने गरी रकम खोजेर विद्यार्थीहरु विदेशीन बाध्य भएका छन । पढन जान घरजग्गा धितो राख्ने प्रवृत्तिकै कारण कतिपय परिवारको उठिवास भएको छ ।
गत आर्थिक वर्ष २०८०।०८१ माा उच्च शिक्षा अध्ययनका नाममा करिब १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा शिक्षाका लागि बाहिरिने विद्यार्थीहरुबाट १ खर्ब २५ अर्ब १३ करोड १९ लाख रुपैयाँ बाहिरिएको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७९।०८० को तुलनामा २४.६० प्रतिशतले बढी हो ।
शिक्षाबाट दिनप्रति दिन बाहिरिने रकमको आंकडाले नयाँ उचाई कायम गरिरहेको छ । अघिल्लो आर्थिक वर्षमा शिक्षाका नाममा १ खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो । त्यसरी अध्ययनका लागि वार्षिक लाखौको संख्यामा विद्यार्थी गइरहेका छन् । विदेश गएका विद्यार्थीबाट संकलन हुने राजस्वमा वृद्धि भएको छ । जापान र अष्ट्रेलिया जानेको तथ्याङ्क सबैभन्दा बढी छ ।
नेपालको शिक्षा अन्तर्राष्ट्रिय अभ्यास अनुकुल नहुँदा अध्ययनका लागि विद्यार्थीहरु विदेशिने गरेको शिक्षाविद् डा.विद्यानाथ कोइराला बताउँछन् । नेपालको शिक्षा लचिलो नहुनु तथा विदेशीमैत्री बनाउन नसकिदा शिक्षाबाट मटो रकम बाहिरने गरेको उनको भनाईछ ।
स्वदेशी शिक्षाबाट टाढिएर विदेशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा आर्जन हेतू लाखौं विद्यार्थी विद्यार्थीहरुले शिक्षा मन्त्रालयबाट एनओसी लिने गरेका छन् । सो पश्चात भिसा पाउने विद्यार्थीहरु विदेशीने गरेका हुन् । जसले गर्दा नेपालका विश्वविद्यालयहरु रित्तिएका छन् । स्वदेशमा ४÷५ लाखमा रुपैयाँले पुरै कोर्स सकिने सेमेस्टरमा नेपाली विद्याार्थीहरु विदेशीएर एकै सेमेस्टरमा ५ लाखभन्दा खर्चनु परेको छ ।
नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया, अमेरिका, भारत, यूके, युरोप, क्यानडा जापान, चीन, बंगलादेशलगायतका मुलुकमा धेरै विद्यार्थी जान्छन् । शिक्षामन्त्रालयको तथ्यांक अनुसार ७८ देशमा अध्ययन गर्नका लागि विद्यार्थीहरुले अनुमति माग गरेका छन् ।