२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो जनधनको क्षतिको आशंका

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो जनधनको क्षतिको आशंका

बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • 4.jpgकराकस-दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार बेलुकी स्थानीय समयअनुसार दुईपटक शक्तिशाली भूकम्प गएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ।

    अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको मापन गरिएको थियो भने त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको दोस्रो शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी कराकसबाट करिब २९० किलोमिटर पश्चिम क्षेत्रमा रहेको जनाइएको छ।

    यूएसजीएसले सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको छ भने एक लाखभन्दा बढी मानिसको ज्यान जान सक्ने सम्भावना ३० प्रतिशत रहेको उल्लेख गरिएको छ। यद्यपि, भेनेजुएला सरकारले हालसम्म आधिकारिक रूपमा मृत्यु तथा घाइतेको विवरण सार्वजनिक गरिसकेको छैन।

    भूकम्पको धक्का राजधानी कराकसलगायत देशका विभिन्न सहरमा महसुस गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार कराकससहितका धेरै स्थानमा भवनहरू भत्किएका छन्। कराकस अन्तर्राष्ट्रिय विमानस्थलको छतको एक भागसमेत भत्किएको बताइएको छ।

    भूकम्पपछि भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर राष्ट्रिय आपत्काल घोषणा गरेका छन्। उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकाय, सेना तथा आपत्कालीन सेवाका टोलीहरू परिचालन गरिएको जनाइएको छ।

    विशेषज्ञहरूका अनुसार यो भूकम्प पछिल्लो १२६ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हुनसक्ने अनुमान गरिएको छ। यसअघि सन् १९०० मा भेनेजुएलामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको इतिहास छ।

    उद्धार तथा राहत कार्य जारी रहेकाले क्षतिको यथार्थ विवरण आउन अझ केही समय लाग्ने अधिकारीहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend