२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो, सयौँ घाइते

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो, सयौँ घाइते

बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • 6.jpgकाठमाडौं – दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४ पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रड्रिगेजका अनुसार हालसम्म ९ सय ७१ जना घाइते भएका छन् भने उद्धार तथा राहत कार्य जारी रहेको छ।

    बुधबार बिहान स्थानीय समयअनुसार ७.२ र त्यसलगत्तै ७.५ रेक्टर स्केलको दुई शक्तिशाली भूकम्प गएको थियो। यसलाई भेनेजुएलाको शताब्दीयताकै सबैभन्दा ठूलो भूकम्पका रूपमा हेरिएको छ।

    भूकम्पका कारण राजधानी काराकाससहित विभिन्न सहरमा अग्ला भवनहरू भत्किएका छन्। दर्जनौँ भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने सयौँ संरचनामा क्षति पुगेको जनाइएको छ। भूकम्पको धक्का छिमेकी देशहरूमा समेत महसुस गरिएको थियो।

    समाचार संस्था एपीका अनुसार राजधानी काराकासको उत्तरमा रहेको ला गुएइरा सहरमा भग्नावशेषबाट तीन जना बालबालिकालाई जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले अझै पनि भत्किएका भवनहरूमा खोज तथा उद्धार कार्य जारी राखेको छ।

    अधिकारीहरूले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गर्दै राहत सामग्री वितरण र घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखेका छन्। अस्पतालहरूमा घाइतेहरूको चाप बढेपछि स्वास्थ्य सेवा प्रभावित भएको बताइएको छ।

    भूकम्पपछि हजारौँ नागरिक विस्थापित भएका छन्। धेरै मानिस खुला स्थान र अस्थायी शिविरमा बस्न बाध्य भएका छन्। सरकारले अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक सहयोगका लागि समन्वय गरिरहेको जनाएको छ।

    विज्ञहरूले शक्तिशाली भूकम्पपछि पराकम्पन जारी रहन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend