जाजरकोट - जाजरकोटको बारेकोट गाउँपालिका ६, धुमागाउँमा पहिरोमा पुरिएर श्रीमान्–श्रीमती बेपत्ता भएका छन् । घटनामा एक बालिका गम्भीर घाइते भएकी छन् । आइतबार बिहान २ बजे गएको पहिरोले घर पुरिँदा मानबहादुर चलाउने र वडा नम्बर–६ की महिला वडा सदस्यसमेत रहेकी श्रीमती मायादेवी चलाउन बेपत्ता भएका हुन ।
चलाउनेकी छोरीको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम पाण्डेले सेपुखोला, नायकवाडा र रामीडाँडाबाट घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरे पनिसञ्चार सम्पर्क हुन नसक्दा यकिन विवरण प्राप्त गर्न नसकिएको बताए ।