जाजरकोट - जाजरकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ । बारेकोट गाउँपालिका– ६ धुमा गाउँमा आइतबार बिहान २ बजे गएको पहिरोले घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेले दुवै जनाको शव पोस्टमार्टमका लागि आधारभूत स्वास्थ्य केन्द्र बारेकोट लिम्सा लगिएको जानकारी दिए । पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनलाई थप उपचारका लागी नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।