२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

चट्याङ लागेर बालकको मृत्यु , बालिका घाइते

चट्याङ लागेर बालकको मृत्यु , बालिका घाइते

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • विराटनगर - मोरङको सुनवर्षीमा चट्याङले लागेर आइतबार दिउँसो एक बालकको मृत्यु भएको छ । बालिका घाइते भएकी छन् ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार चट्याङले लागेर सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको हो ।
    चट्याङले राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् ।  राजाबुलको घरपछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका बेला दिउँसो २ बजेतिर चट्याङ पर्दा बालबालिका घाइते भएका थिए । बेहोस भएका सोफियनलाई उद्धार गरेर रंगेली अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा दिउँसो २:४५ बजेतिर मृत्यु भएको जानकारी डीएसपी बस्नेतले दिए । 
    घाइते नजाराको रंगेली अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार अवस्था सामान्य छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend