२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

महोत्तरीमा ४८७ किलो गाँजासहित दुई युवक पक्राउ

महोत्तरीमा ४८७ किलो गाँजासहित दुई युवक पक्राउ

सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • महोत्तरी- महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी पञ्चलाल गोलेका अनुसार उनीहरूलाई लागूऔषध ओसारपसारको आरोपमा पक्राउ गरिएको हो।

    डीएसपी गोलेका अनुसार असार २० गते राति सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वाको टोलीले महोत्तरी गाउँपालिका–१ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा बेरेर राखिएको ४० किलो ३६० ग्राम गाँजा बरामद गरेको थियो। उक्त गाँजा र ट्रक आवश्यक अनुसन्धानका लागि महोत्तरी प्रहरीलाई बुझाइएको थियो।

    प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा सोमबार बिहान महोत्तरी गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा खानतलासी गर्दा थप ४४६ किलो ७४५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

    यससँगै बरामद गाँजाको कुल परिमाण ४८७ किलो १०५ ग्राम पुगेको डीएसपी गोलेले जानकारी दिए।

    बरामद गाँजा, ट्रक तथा पक्राउ परेका चालक विपस नेगी र साधुराम थिङविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend