२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

ट्रम्पको दाबी– ‘मेरो जीवन सधैँ खतरामा छ’, त्यसलगत्तै इरानमा अमेरिकी हवाई हमला

ट्रम्पको दाबी– ‘मेरो जीवन सधैँ खतरामा छ’, त्यसलगत्तै इरानमा अमेरिकी हवाई हमला

बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन सधैँ जोखिममा रहेको दाबी गरेका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू इरानीहरूको ‘हिटलिस्ट’ को शीर्ष स्थानमा रहेको बताएका हुन्।

    उडानका क्रममा सुरक्षाका कारण पत्रकारहरूलाई विमानका झ्यालका पर्दा बन्द राख्न भनिएको विषयमा प्रतिक्रिया दिँदै ट्रम्पले भने, ‘यो खतरनाक उडान हुन सक्छ। यी (इरानीहरू) खतरनाक मानिस हुन्। म सधैँ खतरामा हुन्छु। मेरो नाम उनीहरूको सूचीको शीर्षमा छ।’

    उनले ठट्टाको शैलीमा पत्रकारहरूलाई भने, ‘यदि मलाई केही भयो भने तपाईंहरूलाई पनि हुन्छ। सायद कुनै दिन तपाईंहरूले आफ्नो पेसा परिवर्तन गर्नेबारे सोच्नुपर्नेछ।’

    ट्रम्पको उक्त अभिव्यक्तिपछि अमेरिकी सेनाले बुधबार अबेर रातिदेखि इरानमा पुनः हवाई आक्रमण गरेको छ। शान्ति सम्झौतापछि अमेरिकाले लगातार दोस्रोपटक इरानमा हमला गरेको बताइएको छ।

    इरानी सञ्चारमाध्यमका अनुसार कोनारक, चाबहारलगायत दक्षिणपूर्वी इरानका विभिन्न क्षेत्रमा अमेरिकी सैन्य आक्रमण जारी छ। सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार इरानसहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ।

    सिस्तान–बलुचिस्तान प्रान्तका अधिकारीहरूले स्थानीय समयअनुसार बुधबार राति करिब १२:३० बजे इरानसहर क्षेत्रमा चारवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको बताएका छन्।

    इरानको महत्त्वपूर्ण समुद्री व्यापार केन्द्र चाबहार फ्रि जोन क्षेत्रमा पनि अमेरिकी आक्रमणपछि सुरक्षा सतर्कता बढाइएको छ। त्यहाँका अधिकारीहरूले गोदाममा रहेका करिब ३०० सवारीसाधन सुरक्षित स्थानमा सारिसकेको र बाँकी करिब १०० सवारीसाधन हटाउने कार्य जारी रहेको बताएका छन्।

    यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले होर्मुज स्ट्रेट क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि भएको आक्रमणको जवाफस्वरूप ती कारबाही गरिएको जनाएको थियो।

    नेटो शिखर सम्मेलनका क्रममा ट्रम्पले इरानविरुद्ध थप ठूलो सैन्य कारबाही गरिने संकेत दिएका थिए। साथै, उनले इरानसँग द्वन्द्व अन्त्यका लागि भएको समझदारी अब समाप्त भएको घोषणा गरेका थिए।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend