२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

पहिरोले नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध

पहिरोले नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध

सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • धादिङ– पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । आज दिनभर  परेको अविरल वर्षाले गर्दा वर्षासंगै बगेर आएको लोदो सहितको गेग्य्रान र पहिरोका कारण राजधानी काठमाण्डु प्रवेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्डमा सवारी आवागमन ठप्प भएको हो ।
    अवरुद्ध सडक खुलाउन पाँचदेखि सात घण्टा लाग्ने अनुमान गरिएको छ  । गेग्य्रानका कारण मुग्लिन तर्फबाट सङ्घीय राजधानी काठमाण्डु प्रवेशका लागि आएको  जीप समेत पहिरो र गेग्य्रानको बीचमा अडकिएको छ ।
    अहिले राजधानीबाट बाहिरिने र राजधानी काठमाण्डु प्रवेशका लागी आएको सवारीका साधनहरू सडकमा नै रोकिएका छन् भने पहिरो हटाउने प्रयास जारी रहेको खानीखोला प्रहरीले जनाइएको छ ।  धुनीवेशी नगरपालिका स्थित खत्री पौवा नजिकै सुरूङ्ग मार्गम नजिकै पहिरो खसेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend