२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पूर्व मधेश प्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, साउन ३२ मा सजाय निर्धारण

पूर्व मधेश प्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, साउन ३२ मा सजाय निर्धारण

मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं -मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन्।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार उक्त मुद्दामा अहिराजलाई दोषी ठहर गरेको हो।

    अदालतले दोषी ठहर गरे पनि सजाय भने अझै निर्धारण गरेको छैन। सजाय निर्धारणका लागि आगामी साउन ३२ गते छुट्टै पेसी तोकिएको अदालत स्रोतले जनाएको छ।

    अदालतले सजाय निर्धारण गरेपछि मात्रै अहिराजले कति वर्ष कैद र कति जरिवाना भोग्नुपर्ने भन्ने अन्तिम फैसला सार्वजनिक हुनेछ। हालका लागि अदालतले उनीविरुद्धको आरोप प्रमाणित भएको ठहर गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend