बारा-श्रीमतीलाई धारिलो हतियारले हानेर हत्या गरेपछि भाग्दै गरेका निजगढ नगरपालिका ९ भवरा चौकका ४५ बर्षिय बिमल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बाथरुममा नुहाउन जान लागेकी ३५ बर्षिय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरको हँसियाले हानेर बस्नेतले हत्या गरेका थिए । आमालाई वाले हँसियाले हानेको देखेर छुटाउन गएकी छोरीहरुलाई समेत बस्नेतले आक्रमण गरेका थिए । हँसियाले लागेर १७ बर्षिया जेठी छोरीको हात आधा भन्दा बढी काटेको भने कान्छी छोरी जमुनालाई पनि चोट लागेको प्रहरीले जनाएको छ ।
मंगलबार राती करिब ८ बजेतिर भएको घटना के कारणवाट भएको हो नखुलेको प्रहरीले जनाएको छ ।
घाईते छोरीहरुलाई स्थानीय सामुदायिक प्रसुति अस्पतालमा लगिएकोमा त्यहाँबाट रिफर गरी बिरगन्ज मेडिकल कलेज पठाईएको छ ।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले भाग्दै गरेका श्रीमान बिमल बस्नेतलाई पक्राउ गरेको थियो । घटनास्थलबाट हत्यामा प्रयोग भएको हसियालगायतका सामाग्री बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुश्वाहाले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाईएको छ ।