२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

लार्पावाहीले विरामीको ज्यान लिएको भन्दै नेपालगञ्ज मेडिकल कलेजलाई २६ लाख जरिवाना

लार्पावाहीले विरामीको ज्यान लिएको भन्दै नेपालगञ्ज मेडिकल कलेजलाई २६ लाख जरिवाना

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • नेपालगन्ज - सामान्य ज्वरो आएर उपचारका लागि अस्पतालमा जाँदा ज्यान गएको घटनामा अदालतले लार्पावाही ठहर गर्दै मृतकका परिवारलाई २६ लाख १० हजार रुपयाँ क्षतिपुर्ति दिनुपर्ने फैसला गरेको छ । 
    जिल्ला अदालत बाँकेले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको लापरबाहीले विरामीको ज्यान गएको ठहर गर्दै गरेको क्षतिपुर्तिको फैसला उच्च अदालत नेपालगन्जले पनि सदर गरेको हो ।  
    उक्त अस्पतालमा उपचारको क्रममा नेपालगञ्ज उपमहानगरपालिका २ घरवारी टोलका मनितलाल श्रेष्ठको निधन भएकोमा उनकी श्रीमती नम्रता श्रेष्ठले जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
    अस्पतालको लापरबाहीका कारण आफ्नो श्रीमान्‌को ज्यान गएको उनको आरोप थियो । उक्त मुद्दामा जिल्ला अदालत बाँकेले २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा मंगलबार उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरेको हो ।
    मनितलालको मृत्युपछि नम्रताले ०७६ श्रावण ३१ गते मुद्दा दायर गरेकी थिइन् । फैसलाले न्यायको अनुभूति मिलेको मृतक मनितलाल श्रेष्ठको श्रीमती नम्रता श्रेष्ठले बताइन्। ‘ढिलै भएपनि न्याय पाइयो,’ उनले भनिन्, ुयो निर्णयले अस्पताललाई थप जिम्मेवार बनाउन सहयोग पुर्‍याएको छ ।’
    उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर सारु र गोबिन्द जोशीको संयुक्त इजलासले यस्तो निर्णय गरेको पीडितको पक्षमा वकालत गरिरहेका अधिवक्ता बसन्त गौतमले जानकारी दिए । उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा आएपछि बाँकेमा दर्ता भएको पहिलो क्षतिपुर्ति मुद्दामा भएको अदालती निर्णयले उपभोक्ताको गुणस्तरीय सेवा पाउने अधिकारलाई संरक्षण गरेको पीडितको पक्षमा सुरु देखि कानूनी सहयोग गर्दै आएका अधिवक्ता गौतमले बताए ।
    मुद्दामा पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठका साथै अधिवक्ताहरु बसन्त गौतम, बल बहादुर चन्द, बिश्वजित तिवारी र हिरा बहादुर श्रेष्ठले वहश गरेका थिए भने विपक्षी नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालकोतर्फबाट अधिवक्ता लोक बहादुर शाहले वहश गरेका थिए ।
    मनितलाल सामान्य ज्वरो आएपछि अस्पतालको इमरजेन्सी वार्डमा पुगेका थिए । अस्पतालमा ओजेटी गर्न आएका बिद्यार्थीलाई उपचारमा संलग्न गराएको कारण उनको मृत्यु भएको भन्ने पीडित परिवारको दाबी थियो ।
    उक्त मुद्दामा बाँके जिल्ला अदालतका न्यायाधीश विदुर कार्कीको इजलासले ०७९ फागुन ११ गते अस्पतालको लापरबाहीका कारण श्रेष्ठको मृत्यु भएको ठहर गर्दै क्षतिपूर्ति तोकेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend