२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

रसुवाको बाढीपछि ४०३ नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन, भारतीय मात्रै १३३ जना

रसुवाको बाढीपछि ४०३ नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन, भारतीय मात्रै १३३ जना

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं- रसुवामा आएको बाढीपछि ४०३ जना नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा ३४१ जना विदेशी पर्यटक र ६२ जना नेपाली रहेका छन्।

    बोर्डका अनुसार सम्पर्कविहीन विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। भारतका १३३ जना पर्यटक हालसम्म सम्पर्कमा आउन नसकेको विवरणमा उल्लेख छ।

    पर्यटन बोर्डको विवरणअनुसार सम्पर्कविहीन पर्यटकको संख्या देशअनुसार यस्तो छ :

    • भारत : १३३ जना
    • नेपाल : ६२ जना
    • अमेरिका : ४७ जना
    • अस्ट्रेलिया : ३४ जना
    • बेलायत : ३३ जना
    • क्यानडा : २४ जना
    • मलेसिया : १९ जना
    • युक्रेन : ७ जना
    • सिंगापुर : ६ जना
    • दक्षिण अफ्रिका : ६ जना
    • न्युजिल्यान्ड : ५ जना
    • जापान : ५ जना
    • जर्मनी : ४ जना
    • फ्रान्स : ३ जना
    • आयरल्यान्ड : २ जना
    • नेदरल्यान्ड्स : २ जना
    • रूस : २ जना
    • स्पेन : २ जना
    • बेलारुस : १ जना
    • फिनल्यान्ड : १ जना
    • हंगेरी : १ जना
    • इजरायल : १ जना
    • लिथुआनिया : १ जना
    • पोर्चुगल : १ जना
    • फिलिपिन्स : १ जना

    कुल ४०३ जनामध्ये २०३ जना पुरुष र २०० जना महिला रहेको पर्यटन बोर्डले जनाएको छ।

    बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा पर्यटकहरू सम्पर्कविहीन भएको खबर सार्वजनिक भएपछि उनीहरूको अवस्था र स्थानबारे खोजी तथा समन्वय भइरहेको छ। बोर्डको विवरणअनुसार हालसम्म सम्पर्कविहीन सूचीमा रहेका कुनै पनि व्यक्ति फेला परेको जानकारी प्राप्त भएको छैन।

    रसुवाको बाढीले सडक तथा यातायात सम्पर्कमा समेत प्रभाव पारेका कारण प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ। सम्पर्कविहीन पर्यटकको वास्तविक अवस्थाबारे थप विवरण खोज तथा उद्धार कार्य अघि बढेसँगै स्पष्ट हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend