२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख संकलन

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं - भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ बराबरको रकम संकलन भएको छ।

    अर्थ मन्त्रालयका अनुसार विभिन्न बैंक, उद्योग तथा व्यवसायिक संस्थाहरूले कोषमा सहयोग रकम जम्मा गरेका हुन्।

    कोषमा सबैभन्दा ठूलो सहयोग गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ प्रदान गरेको छ। त्यस्तै कुमारी बैंकले ३ करोड रुपैयाँ र एनसेलले १ करोड रुपैयाँ सहयोग गरेका छन्।

    अर्थ मन्त्रालयका अनुसार एनआईसी एसिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै निफ्रा बैंकले २ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ।

    कोषमा सारस बेभरेज (रेडबुल) ले २ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड रुपैयाँ र नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

    त्यस्तै शिव शक्ति ग्रुपले ५१ लाख रुपैयाँ तथा रिलायन्स सुगर मिल एन्ड केमिकल इन्डष्ट्रिजले १० लाख रुपैयाँ सहयोग गरेका छन्।

    राहत र उद्धारमा प्रयोग गरिने

    सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि कोषमा जम्मा हुने रकम परिचालन गर्ने जनाएको छ।

    भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको र प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारको आवश्यकता रहेको अवस्थामा निजी क्षेत्र तथा बैंकिङ क्षेत्रबाट आएको सहयोगले सरकारी राहत अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सरकारले विपद्का बेला आवश्यक राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन थप सहयोगका लागि निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणलाई समेत आह्वान गरिरहेको छ।

    पहिलो ६ घण्टामै २७ करोड रुपैयाँभन्दा बढी रकम संकलन हुनु विपद्का बेला राहत तथा उद्धार अभियानमा निजी क्षेत्रको सक्रिय सहभागिताको संकेतका रूपमा समेत हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend