काठमाडौं- मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको छ। आइतबार बिहान हिमाल आरोहण क्षेत्रको माथिल्लो भागमा हिउँपहिरो गएको हो।
हिउँपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ। हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब १२ जना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ।
प्रहरीका अनुसार हिम्लुङ हिमाल आरोहण टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी रहेका थिए।
घटनास्थलमा उद्धारका लागि काठमाडौंँबाट हेलिकोप्टर मनाङतर्फ पठाइएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।
उनका अनुसार घटनाबाट भएको क्षतिको यकिन विवरण अझै प्राप्त भइसकेको छैन। उद्धार टोली घटनास्थल पुगेपछि मात्र बेपत्ता तथा सम्भावित मानवीय क्षतिको वास्तविक अवस्था स्पष्ट हुने बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।