२०८३, आश्विन १४ गते

समय लोड हुँदैछ...

बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काभ्रेपलाञ्चोक - अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । बाढीले सडक बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि यातायात आवागमन सञ्चालन गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

    रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल डाइभर्सन निर्माण गर्न नसकिएपछि खानेपानी पम्प हाउस रहेको भित्री ‘ट्रयाक’ प्रयोग गरी सवारी सञ्चालन गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो ।

    उहाँका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिनेछ ।

    रोशी खोलामा आएको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाएको थियो । यस्तै, दाउन्ने–कालोपुल र चारसयबेँसी क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

    हाल जोखिमयुक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । ती स्थानमा दुईतर्फी यातायात सञ्चालन गर्ने गरी सडक कार्यालयले काम अघि बढाइरहेको जनाएको छ ।

    सडक खुलाउन सोमबार बिहानदेखि अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डमा खसेका पहिरो पन्छाउने काम तीव्र पारिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend