२०८३, आश्विन १४ गते

समय लोड हुँदैछ...

दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङ अधिवेशन आयोजक समितिको संयोजक

दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङ अधिवेशन आयोजक समितिको संयोजक

मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं - गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मंगलबार गुरुङलाई पार्टीमा स्वागत गर्दै कांग्रेसमा प्रवेश गराएका हुन् । कोइराला पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट गठित १५औँ महाधिवेशन तयारी समितिका संयोजक हुन् ।

    कांग्रेस प्रवेशसँगै गुरुङलाई मनाङ जिल्लाको अधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारीसमेत दिइएको छ । देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी महाधिवेशनको तयारी अघि बढाइरहेको छ ।

    राजीव गुरुङ २०७९ सालको प्रदेशसभा निर्वाचनमा मनाङबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्विरोध निर्वाचित भएका थिए । त्यसपछि उनी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए ।

    गुरुङ गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए । सर्वोच्च अदालतको फैसलापछि उनको प्रदेशसभा सदस्य पद खारेज भएको थियो । अदालतको फैसलामा ज्यान मार्ने उद्योगसम्बन्धी फौजदारी कसुरमा अन्तिम फैसला भएपछि प्रदेशसभा सदस्यको योग्यतामा असर पर्ने ठहर गरिएको थियो ।

    गुरुङ पछिल्लो समय कैद सजाय भुक्तान गरी कारागारबाट मुक्त भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend