२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल वर्षको उत्कृष्ट पुरुष खेलाडी

क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल वर्षको उत्कृष्ट पुरुष खेलाडी

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१

  • काठमाडौं -नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नै सहकर्मी दीपेन्द्रसिंह ऐरीसहित फुटबल, कराते र गल्फका प्रतिद्धन्द्धीलाई पछि पार्दै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार जितेका छन् । रोहितको कप्तानीमा नेपालले वर्ष २०८० मा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो । यसैगरी आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुँदा पनि नेपाली टिम रोहितकै कप्तानीमा थियो ।

    रोहितले वर्ष २०८० मा २५ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा ३ अर्धशतकसहित ६८० रन बनाएका थिए । यसैगरी उनले पाँच विकेट पनि लिए ।यस्तै उनले यो वर्ष २३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतसहित ५२५ रन प्रहार गरे । उनले १० विकेट पनि लिएका थिए ।रोहित हाल आईसीसी विश्वकप लिग२ को लागि क्यानडा छन्।

    तेक्वान्दोकी पलेशा गोवर्धन श्रेष्ठ, उत्कृष्ट पारा एथलिट अवार्ड
    नेपाली महिला कबड्डी, वर्षको उत्कृष्ट टोली
    भारोत्तोलनका हेमन्त पाल, वर्षको उत्कृष्ट युवा खेलाडी
    करातेकी एरिका गुरुङ, वर्षको उत्कृष्ट महिला खेलाडी
    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, वर्षको उत्कृष्ट पुरुष खेलाडी
    प्रशिक्षक कुशल श्रेष्ठ, वर्ष २०८० को सर्वोत्कृष्ट प्रशिक्षक
    न्यु डायमण्ड क्लबका स्वयंसेवक प्रशिक्षक कुमार राई, स्पेशल अवार्ड
    नेपाली महिला राष्ट्रिय भलिबल टिमकी मिड ब्लकर कविता भट्ट, पिपल्स च्वाइस अवार्ड
    दक्षिण कोरियाका हि डोङ जोङ, एशियन स्पोर्टस् जर्नालिस्टको अवार्ड
    क्रिकेटका सारथि विनयराज पाण्डे,  लाइफटाइम एचिभमेन्ट अवार्ड

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend