पोखरा-गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुन् ।
रजिस्ट्रारका लागि पाँच जनाको अवेदन परेको थियो । तीमध्ये ३ जनालाई सिफारिश समितिले सर्ट लिस्टमा राखेर मुख्यमन्त्रीलाई बुझाएको थियो । प्रदेशका संचार माध्ययमका व्यवस्थापनका लागि प्रदेश आम संचार ऐन को दफा ६ मा व्यवस्था भए अनुसार सरकारले प्रेस रजिष्टार नियुक्त गरेको हो । रजिष्ट्रारको कार्यकाल चार वर्षे हुनेछ। ३५ वर्ष पुगी ६० ननाघेको, स्नातकोत्तर उत्तीर्ण र पत्रकारितामा १५ वर्ष काम गरेको व्यक्तिलाई छनोट समितिले सिफारिस गर्न सक्ने प्रावधान राखिएको थियो ।
भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष हुन् । पत्रकार महासंघ निर्वाचन असोज १२ गते गर्ने निर्णय भइरहँदा उनी यहाँ प्रेस रजिष्ट्रारमा नियुक्त भएकी छन् । अब उनले पदबाट राजीनामा दिनेछिन् र मुख्यमन्त्रीबाट नियुक्तिपत्र लिएपछि औपचारिक रुपमा प्रेस रजिष्ट्रारको पदभार ग्रहण गर्नेछिन् । भण्डारी पत्रकार महासंघ कास्कीको पहिलो महिला अध्यक्ष पनि हुन् ।