२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

वरिष्ठ महिला चिकित्सकलाई  वुमेन इन मेडिसिनबाट सम्मान

वरिष्ठ महिला चिकित्सकलाई  वुमेन इन मेडिसिनबाट सम्मान

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • काठमाडौँ – नेपालका वरिष्ठ महिला चिकित्सकलाई नेपाल चिकित्सक संघले वुमेन इन मेडिसिन इन नेपालबाट सम्मान गरेको छ । 
    वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्न्तर्गत सम्मानित हुनेमा डा रीता गुरूङ, डा शान्तकुमारी सापकोटा, डा हीरा तुलाधर, डा गीता सायमी र डा कल्पना सुवेदी उपाध्याय छन्। वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डबाट डा सुनिता आचार्य, डा सुधा खकुरेल, डा विमला लाखे, डा मालती त्रिपाठी र डा अम्बिका श्रेष्ठ सम्मानित भएका छन । 
    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन्।  उनीहरूलाई राष्ट्रपति पौडेलले दोसल्ला एवं सम्मानपत्रसहित सम्मान गरेका थिए।  सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीको सभापतित्वमा उक्त कार्यक्रम गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend