२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

छुरा प्रहार गरी प्रेमिकाको हत्या, प्रतिकारमा प्रेमी गम्भिर घाईते

छुरा प्रहार गरी प्रेमिकाको हत्या, प्रतिकारमा प्रेमी गम्भिर घाईते

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • झापा– विर्तामोडको महानन्दचोकमा छुरा प्रहार गरी युवतीको हत्या गरिएको छ । मारिएकी युवती झापाको अर्जुनधारा–६ महानन्द चोकमा इलाम सूर्योदयकी मनीषा लोहार भएको प्रहरीले जनाएको छ। हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका ३ का २० बर्षिय अनिल बिक हुन । 
    छुरा प्रहारबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा साँझ ७ बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो । युवतीको प्रतिकारमा अनिल पनि गम्भिर घाईते भएकोले उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ। बिकले शुक्रबार साँझ पौने सात वजे लोहारमाथि छुरा प्रहार गरेका थिए।
    टाउकोमा चोट लागेका बिकलाई उपचारको लागि कन्काई, बिर्ता सिटी, बिएण्डसी अस्पताल हुँदै मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। 
    मनिषा बिर्तामोड–५ स्थित पाथिभरा टोलमा बस्दै आएकी र उनीहरू प्रेमीप्रेमिका भएको बुझिएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बिष्टले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend