२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

जीर्ण घरको भित्ता भत्किएर च्यापिदा विकको मृत्यु

जीर्ण घरको भित्ता भत्किएर च्यापिदा विकको मृत्यु

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • बागलुङ - जीर्ण घर मर्मत गर्नेक्रममा गाहे भत्किदाँ च्यापिएर बागलुङ ढोरपाटन नगरपालिका १, स्वामीचोकमा ५५ बर्षिय घरधनी बेगवहादुर विकको मृत्यु भएको छ । घटनामा ११ जना घाईते भएका छन । 
    घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौं महानगरपालिका १० का २४ वर्षीय सुगान्त पौदेल, बागलुङको ढोरपाटन नगरपालिका ४ का ३४ वर्षीय खडक प्रसाद बिक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय सुभ बुढामगर, ४० वर्षीया देबिसरा बिक,३० वर्षीया कीथम कुमारी बिक,  तमानखोला गाउँपालिका १ का ३८ वर्षीया कीखममायाव घर्ति, ३५ वर्षीय टेक बहादुर बिक, ५१ वर्षीया टेकमाया रसाइली रहेका छन्। 
    घर भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट  प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा १२ जनाको टोली पुगेर उद्धार गरेको थियो। घाइतेको उद्धार गरेर प्राथामिक स्वास्थ्य केन्द्रमा पठाइएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend