चितवन-योद्धा गाडीको ठक्करवाट भरतपुर महानगर पालिका १ स्थित नारायणगढ–मुग्लिन सडकमा शनिवार साईकलमा सवार ६४ बर्षिय राम थापाको मृत्यु भएको छ ।
शनिबार अपरान्ह् सवा चार बजेतिर पानी ट्याङ्की ओरालोमा अनियन्त्रित रहेको योद्धा गाडीले बसलाई ठक्कर दिएपछि साईकलमा सवार थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने भरतपुर महानगर पालिका रामनगरका थापा भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
मुग्लिङबाट आपटारीतर्फ आउदै गरेको बा.प्र. ०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीले विपरीत दिशाबाट जाँदै गरेको गरेको ग २ ख ८५५ नम्बरको बसलाई ठक्कर दिएपछि साईकलमा सवार थापालाई ठक्कर दिएको प्रत्यक्षदर्शीले वताएका छन ।