काठमाडौँ - फरक विचार र अभिव्यक्ति दिनेलाई उखान टुक्का र व्यंग गर्दै गाली गलौज गर्ने, हावादारी गफ चुटेर भेडा जस्ता कार्यकर्ताले पड्काएको ताली सुनेर मख्ख पर्ने चरित्र बोकेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर चर्को विरोध गर्ने पात्रहरु मध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एक हुन ।
तिर्नै बालेनलाई लक्ष्यित गर्दै ओलीले शनिवार एउटा सार्वजनिक कार्यक्रममा जथाभावी बोल्ने एउटा केटोलाई ठिक पार्न सबै अस्त्र प्रयोग गर्नु भन्दै कार्यकर्ताहरुलाई उक्साएपछि बालेनले ओलीकै कारण बालबालिकाले न्याय नपाएर ज्यान गुमाउन परेकोले बाल दिवसको शुभकामना दिन नसकेको अभिव्यक्ति सामाजिक संजालमार्फत दिएका छन ।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत मेयर बालेनले बाल दिवसको शुभकामना प्रधानमन्त्री ओलीलाई टक्र्याउने बताएका छन्।
‘पीडित बालिकाहरूले प्रम (खड्ग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ, सो सुभकामना स्वयं प्रम ज्युलाई नै टक्राउन चाहन्छु, ग्रहण गर्नुहोला,’ मेयर बालेनले लेखेका छन्। ।
ओलीले पनि आजै दिउँसो मेयर बालेनलाई लक्षित गर्दै कडा टिप्पणी गरेका थिए। नेपाल बाल संगठनले आयोजना गरेको बाल दिवस विशेष कार्यक्रममा पनि सरिक भएका प्रधानमन्त्री ओली त्यसअघि कार्यकर्ता प्रशिक्षणमा सहभागी भएका थिए।
उक्त प्रशिक्षणमा ओलीले मेयर बालेनलाई ‘एउटा केटो’ को संज्ञा दिँदै प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिँदै मैदानमा उत्रन आव्हान गरेका थिए ।