चितवन-अति दुर्घटनाग्रस्त क्षेत्र मानिएको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट आईतवार विहान मालवाहक ट्रक त्रिशुली नदी किनारामा खसेको छ । खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको बताए । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँमा दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।