ताप्लेजुङ- गुडिरहेको पिकअप भ्यानलाई पहिरोले पुर्दा ताप्लेजुङमा २६ वर्षीया निर्मला गुरुङको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका–३ घर भएकी निर्मलालाई पहिरोसहितको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतले फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिकातर्फ जाँदै गरेको मे१ज १३६२ नम्बरको पिकअप भ्यानमाथि फक्ताङलुङ–३, सिवा क्षेत्रमा पहिरो खसेर पुरेको जानकारी दिए ।
टाउकोमा गम्भीर चोट लागेपछि गुरुङलाई उपचारका निम्ति जिल्ला अस्पतालमा लगिएकोमा चिकित्सकले उनको मृत्यु घोषणा गरेको थियो ।