शिक्षा भन्ने बित्तिकै सबैको दिमागमा उज्यालो भन्ने हुन्छ । शिक्षा आफैँमा महत्वपूर्ण छ, किनकी शिक्षाले जस्तोसुकै मुर्ख व्यक्तिलाई पनि सहि बाटोमा हिड्न प्रेरणा दिन्छ ।
शिक्षाको सुरुवात जब मानिसको सुरुवात भयो तब देखि नै भएको देखिन्छ तर कालखण्ड र परिस्थितिले फरक–फरक परिभाषामा उल्लेख हुँदै आएको छ ।
शिक्षा शब्दको निर्माण संस्कृत शब्दको शिक्ष् धातुमा आ प्रत्यय लागेर निर्माण भएको हो । शिक्षाको अर्थ कुनै पनि व्यक्तिमा रहेको अन्तरनिहित प्रतिभालाई बाहिर प्रस्फुटन गर्नु भन्ने हुन्छ । शिक्षालाई विभिन्न अर्थमा हेर्ने गरियो, जस्तैः– सांकुचित अर्थमा किताबी ज्ञान, सर्टिफिकेट लिनु र व्यापक अर्थमा जन्म देखि मृत्युपर्यन्त सिकिने शिक्षालाई लिने गरियो ।
शिक्षालाई पनि हेर्ने हो भने शिक्षालाई २ भागमा बाडिएको छः
१) परम्परागत शिक्षा
२) आधुनिक शिक्षा
परम्परागत रुपमा घोकाएर , पिटेर जसरी भए पनि पढाउने चलन थियो । त्यसले गर्दा विद्यार्थीमा डर पैदा हुन्थ्यो, मैले जसरी पनि पढ्नुपर्छ, घोक्नुपर्छ नत्र गुरु(सर)ले पिट्नु हुन्छ, गृहकार्य नगरे सजाय दिनु हुन्छ भन्ने विद्यार्थीमा मानसिक पिडा रहेको थियो । कक्षाकोठामा प्रवेश गर्दा खेरि नै शिक्षक लौरो लिएर जाने र डर दिने चलन थियो । त्यतिखेर पनि राम्रो नम्बर लिएर आउने विद्यार्थीलाई प्रंशसा, अबिर लगाइन्थो र पास मात्र हुने विद्यार्थीहरुलाई पनि राम्रै मानिन्थ्यो । यो समयमा पास मात्रै हुनु पनि ठुलो कुरा थियो । धनि, ठुलाबडाले मात्र पढ्ने चलन थियो र केटि मान्छे पढ्नु हुदैन भन्ने चलन विद्यमान थियो । पछि–पछि गरिबले पनि सकि नसकि आफ्ना बालबच्चा पढाउन थाले । हाम्रो समाज धर्म संस्कृतिले घेरिएको हुदाँ पनि यसले धेरै असर पारेको थियो शिक्षालाई ।
समय बित्दै जाँदा छोरीहरुलाई पनि पढाउनुपर्छ भन्ने मानसिकता बढ्यो र थोरै चेतना पनि ।
Slcलाई फलामको गेट मान्ने गरिन्थ्यो । Slc भन्ने वित्तिकै सबैको सात्तो जान्थ्यो तर कअि पास गरेकाको सान र मान भन्ने उत्तिकै बढ्थ्यो । नजान्ने विद्यार्थीलाई फेल गराउने चलन थियो, साना कक्षा देखि ठूला कक्षा सम्म फेल गराउने चलन थियो । यसले गर्दा विद्यार्थीले पढाई बिचमै छोड्ने , अरु कामतिर लाग्ने र पढाईमा असफल हुदाँ आत्महत्या सम्म गर्ने प्रवृति झन्–झन् बढ्दै गयो । यसले शिक्षालाई गुणस्तर भन्दा पनि गुणस्तरहिन तिर धकेल्दै लान थाल्यो । यस्तै घटना दिनानुदिन बढ्दै जान थालेपछि शिक्षाको नितिमा परिवर्तन गर्ने निति आयो । जसमा परम्परागत शिक्षालाई त्यागेर आधुनिक शिक्षा लागु गर्ने । त्यसपछि सबै पाठ्यक्रम परिवर्तन पनि गरियो । विद्यार्थीलाई घोकाएर होइन गरेर सिक्ने वातावरण र बालमैत्री वातावरण र कक्षा उद्दारन्नोती गर्ने भन्ने नीति ल्याइयो । यो नीति धेरै राम्रो हो र यसले धेरै राम्रो ग¥यो विद्यार्थीमा । विद्यार्थी फेल नगर्ने भएपछि जान्ने नजान्ने सबै पास भए । यसले गर्दा विद्यार्थीको मानसिकमा नपढी पनि भइन्छ किन पढ्ने भन्ने पनि आयो । धेरै राम्रो नीतिमा नकारात्मक कुराले थोरै भए पनि असर पारेको देखियो ।
सुनेर,हेरेर, गरेर सिक्ने सिकाइमा धेरै फरक छ, सुनेको आधारमा २५ प्रतिशत, हेरेको आधारमा ५० प्रतिशत , गरेको आधारमा ७५ प्रतिशत सिक्छन् । हेर्दै,सुन्दै र गर्दै पढाउनु पर्ने अर्को चुनौती शिक्षामा थपिएको थियो । बालमैत्री भएकाले पिट्न पाइदैन थियो । सम्झाउने, फकाउने गरेर सिकाउनु पर्ने भयो ।
यस संगसंगै SLC लाई SEE मा परिवर्तन गर्ने नियम आयो । ग्रेडिङ्ग सिस्टम लागु गर्ने नियम आयो । ग्रेडिङ्ग सिस्टमले विद्यार्थीले ल्याएको अंकलाई A+,A,B+,B,C+,C,D+,D,NG मा परिवर्तन गरायो । यसले विद्यार्थीको स्तरलाई ग्रेडमा देखायो । यस सिस्टमले विद्यार्थी फेल भयो भन्ने त भएन यसले विद्यार्थीमा झन उत्साह थप्यो तर त्यही ग्रेडिङ्गले परीक्षामा ल्याएको ग्रेडले विद्यार्थीमा मानसिक तनाब पनि थप्यो ।
ग्रेडिङ्ग सिस्टम शिक्षामा गुणस्तर वृद्वि गर्न ग्रेडिङ्ग सिस्टम ल्याइएको थियो । तर यसले अहिले मानसिक तनाब थपेको पनि देखिएको छ । A¸ मात्रै सबैभन्दा उत्कृष्ट ग्रेड भएकाले अभिभावकले पनि आफ्ना नानीबाबुलाई ल्याउन दबाबका साथै तनाब दिएका छन् ।
अभिभावकले विद्यार्थीलाई बिहान ९–४ बजेसम्म विद्यालयमा छोड्छन् र विद्यार्थीले के – कति पढ्यो, कस्तो छ पढाइ भन्ने पनि सोच्दैनन् । विद्यालयमा छोड्ने वित्तिकै सबै जिम्मेवारी विद्यालय । शिक्षकको भएको सम्झिन्छन् र विद्यार्थीको पढाइमा ध्यान दिदैनन् । यसले गर्दा विद्यार्थीको शिक्षास्तर खस्किएमा विद्यार्थी, शिक्षक र विद्यालयलाई दोष दिने काम गर्ने गरेका छन् । अभिभावकले मंहगा विद्यालयमा पढाउदैमा विद्यार्थीको पढाइ राम्रो हुनेमा ढुक्क भएर ध्यान नदिँदा विद्यार्थीको पढाइस्तर खस्किदै गएको छ ।
अभिभावक बालबच्चा पढाउन दिनरात नभनी काम गर्छन यसले गर्दा बालबच्चालाई समय दिन भ्याउदैनन् र बालबच्चाले पारिवारिक माहोल पाउन्न । अलिकति फुर्सद हुँदा अभिभावक पनि मोबाइलमा ब्यस्त हुने, आफ्ना बालबच्चाको कुरा नसुन्ने गर्दा र बालबच्चालाई पनि जमाना अनुसार चलाख बनाउने र आफूलाई बच्चाले नसताओस् भन्दै सुरुवातमा मोबाइल दिन्छन र लत बसिसकेपछि फेरी मोबाइल धेरै चलायो भन्दै बच्चालाई नै तनाब दिने, पिट्ने अझै पढाइ राम्रो भएन भन्दै गाली गलोज गरी मानसिक तनाब दिँदा अहिलेका बच्चाहरु मानसिक पिडित हुदैँ गएको देखिन्छ ।
अहिलेको समयमा पढाइ संगसंगै सीप पनि उत्तिकै महत्वपुर्ण रुपमा जोडिएको छ तर अभिभावकले A+ नल्याउने बच्चालाई तैले केहि गर्न सक्दैनस् , तेरो दिमाख छैन भन्दै दिनरात कराउँदा यसले कस्तो रुप लिन्छ होला ?
अभिभावकले बालबच्चा जन्माएर उस्लाई खान, लाउन दिएकै छु भनेर उम्किन मिल्दैन । किनकी अभिभावकले गरेको हरेक कार्य र दिएको संस्कारले पनि बालबच्चामा धेरै फरक पार्दछ । अभिभावकले घरदेखि बाहिर गरेको कार्य देखेर बालबच्चाले पनि सिक्ने गर्दछन् । बच्चा काँचो माटो भएकाले उसलाई जस्तो रुप दियो तेस्तै हुने हुँदा बालबच्चालाई कस्तो संस्कार दिने र कस्तो बाटोमा लैजाने भन्ने कुरा शिक्षकको मात्रै नभएर अभिभावकको पनि महत्वपूर्ण जिम्मेवारी रहेको छ ।
A नल्याउँदा अभिभावकले पढाइ राम्रो भएन भन्दै बालबच्चालाई दिनरात कराउने , उस्तै परे पिट्ने, अरुको रिस बच्चामा पोख्ने जस्ता मानसिक तनाब दिँदा भोलिको दिनमा नराम्रो घटना नघट्ला भन्न सकिदैन । यहि तनाब नहोस भनेर ग्रेडिङ्ग सिस्टम लागु भएको हो तर विद्यार्थीलाई तनाव हुँदा यो ग्रेडले के ग¥यो भन्ने हुनि । यस्ता तनावले गर्दा नराम्रो घटना घटिरहेकै प्रत्यक्ष देख्न पाइन्छ आजकल दिनप्रतिदिन ।
घटना घटिसकेपछि पछुताउनु भन्दा घटना नघट्दै यस विषयमा ध्यान दिनु नै उचित होला यो सब म आफैँ पनि शिक्षाको एक विद्यार्थी भएर भन्दैछु ।
हम्रो शिक्षा देखेर पनि दिक्क लाग्छ, यो मलाई मात्र होइन सायद हजुरहरुलाई पनि लाग्छ होला !
हाम्रो शिक्षा खाली किताबमा मात्रै सिमित हुँदा त्यो शिक्षा लिएर भोलिको भविष्य कस्तो हुने हो आजै कसैले पनि आँकलन गर्न सक्दैनन् । जतिसुकै पढेपनि शिक्षा जीवनउपयोगी नहुँदा उच्च शिक्षा हासिल गरेका पनि आज विद्यार्थी सडक तथा विदेश तिर भौतारिनु परेको छ । नपढे पढेन भन्ने अनपढको धब्बा लाग्छ, पढे भोलिका दिनमा के गर्ने भन्ने भविष्यको पिर ।
हाम्रो समाजमा शिक्षा सम्बन्धि हेर्ने दृष्ट्रिकोण पनि फरक छ, पढेका मानिसले सानातिना काम ग¥यो भने यत्रो पढेको मान्छेले यस्तो सानो काम ग¥यो भन्ने गर्दछन् । पढेकाले ठुल–ठुला काम गर्नुपर्ने जस्ता मानसिकताले गर्दा शिक्षा माथि नै चुनौती थपिएको छ ।
शिक्षामा पटक–पटक आन्दोलन । भयो २००७ सालको प्रजातन्त्र देखि बहुदल, गणतन्त्र, लोकतन्त्र सम्म आइपुग्दा पनि शिक्षा तर्फ हे¥यो भने पहिले देखि अहिले सम्म खासै फरक देखिदैन । शिक्षामा धेरै महत्वपूर्ण काम वि,स,२०२८ सालमा भएको हो, त्यस पछि संसोधन भयो तर शिक्षामा खासै परिवर्तन भने भएन । २० वर्ष पहिला पढेको पाठ्यक्रम अहिले पनि त्यहि पढाइन्छ, अनि कहाँ छ शिक्षामा विकास ? सरकारले पनि शिक्षालाई गाँस,बाँस, कपास जस्तै शिक्षालाई पनि अपरिहार्य मानेता पनि शिक्षामा उल्लेखनिय रुपमा लगानी गर्न सकेको छैन । यसले गर्दा शिक्षा नीति जस्ताको तस्तै देखिन्छ । अरु विकास निर्माणमा बजेट थुप्रै छुट्याए पनि शिक्षामा खासै बजेट छुट्टिदैन । छुट्टिएको बजेट पनि कहाँबाट आएर कहाँ जान्छ कसैलाई थाहा पत्तो समेत हुदैन । अहिलेको शिक्षा भनेको जीवनउपयोगी हुनुपर्ने हो तर त्यसप्रति कोही –कसैले बाहेक अरुको त्यति चासो छैन जस्तो छ । जीवन उपयोगी शिक्षा नहुँदा विद्यार्थीले वर्षेनी दुःख खेप्नु परेको छ । वर्षेनी ५÷६ लाख विद्यार्थी उच्च शिक्षा हासिल गर्छन् तर रोजगारको अभाव हुँदा उच्च शिक्षा हासिल गरे संगै हरेक विद्यार्थी वैदेशिक रोजगारका लागि विदेशिनेको घुइँचो एयरपोर्टमा दिनहुँ देख्न पाइन्छ । हरेक विद्यार्थीको मानसिकता भैसीक्यो कि पढेर विदेश जाने, देशमा केहि काम छैन ।
कहिले हुन्छ शिक्षा जीवन उपयोगी यस बारे सोच्ने कसले ? साना कक्षादेखि नै विद्यार्थीको इच्छा अनुरुप पढाइ संगै सिप पनि दिन सके भोलि उच्च शिक्षा हासिल गरिसकेपछि के गर्ने भन्ने सोच्न पर्दैनथ्यो र कोहि पनि विदेशिनु पर्ने बाध्यता पनि आउदैनथ्यो।
शिक्षाले जीवन परिवर्तन गर्ने भएकाले शिक्षा के होरु,कसरी लिने शिक्षा संगसंगै विद्यार्थीलाई सीप पनि दिनु आवश्यक छ । विद्यार्थीहरुलाई मोबाइल दिएर भित्र राख्ने भन्दा पनि घरको काम सिकाउने देखि लिएर खेलकुद, नाचगान, वक्तृत्वकला जस्ता यस्ता विभिन्न क्रियाकलापमा अग्रसर गराइ विद्यार्थीमा भएको खुबी हेरी उसलाई साथ र हौसला दिनुपर्ने देखिन्छ ।
अभिभावकले बालबच्चाको स्याहार सुसार संगसंगै पारिवारिक समय पनि दिनुपर्ने र आफ्ना बालबालिकाको इच्छा पनि बुझ्न जरुरी देखिन्छ र विद्यालय तथा शिक्षकले पनि विद्यार्थी कुन भेग, परिवेश र कस्तो पारिवारिक रहन सहनबाट आएको हो त्यो बुझि सोहि अनुरुप शिक्षा दिँदा विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो हुने र शिक्षामा समेत सुधार हुने देखिन्छ ।