२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

नेपाली क्रिकेट टोली क्यानडासँग पराजित

नेपाली क्रिकेट टोली क्यानडासँग पराजित

मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं-नेपाली क्रिकेट टोली क्यानडासँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत गएराती क्यानडामा सम्पन्न त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १०३ रनले पराजित भएको हो ।
    सुरुवाती ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५३ रन बनायो । क्यानडाका लागि कप्तान निकोलस किर्टनले सर्वाधिक अविजित ७३ रन बनाए । ४४ बल खेलेका उनले तीन चौका र छ छक्का प्रहार गरे ।
    त्यस्तै नवनित धलिवालले ४८, डिलोन हलिगरले ३०, हर्ष ठाकरले २७ तथा प्रगत सिंह र साद बिन जफरले समान १७ रन बनाए ।
    बलिङतर्फ नेपालका सोमपाल कामी र ललित नारायण राजवंशीले समान दुइ विकेट लिंदा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक विकेट लिए ।
    जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४०।१ ‌ओभरमा १५० रनमा अलआउट हुन पुग्यो । नेपालका लागि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २२ रन बनाए ।
    ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाउँदै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन बनाए । यी चारै खेलाडी क्यानडाका तीव्रगतीका बलर डेलिन हेलिगरको बलमा आउट भएका थिए ।
    गुलसन झाले २७ बलमा १५ रन जोड्दै डेलिन हेलिगरको बलमा एलबिडब्लु आउट भए । नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की ३० बलमा १८ रन बनाए । भीम यसै खेलमा डेब्यु गरेका अखिल कुमारको बलमा एलबिडब्लु आउट भए ।
    क्यानडाका लागि डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । अन्श पटेल र अखिल कुमारले समान २ तथा साद विन जाफरले १ विकेट लिए ।
    विश्वकप २०२७ को छनोटको रुपमा रहेको लिग टु मा ८ टोलीको सहभागीता रहेको छ । जितसँगै क्यानडा भने ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
    पराजित नेपाल ४ खेलमा १ जित र ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । यूएई ३ खेलमा विना अंक पुछारमा छ ।
    लिग टुमा सहभागी हरेक राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend