२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी

शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी

मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • एजेन्सी –  चीनको व्यापारिक राजधानी मानिने शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ। ‘बाबिन्का’ नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको बीबीसी जनाएको छ ।

    आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । चीनको मौसम विभागले बिबिन्का आँधीले शांघाईको तटीय क्षेत्रमा विध्वंस मच्चाएको र शहरका कैयौं संरचनामा असर पुगेको जनाएको छ । आँधीको पूर्वसूचना पाएलगत्तै शांघाई नगर प्रहरीले हिजो ततकालै चार लाख जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको थियो ।

    यस्तै चेओन्गामिङ जिल्लाबाट नौ हजार जना मानिसलाई पनि सुरक्षित ठाउँमा सारिएको सरकारले जनाएको छ । आँधीका कारण चीनमा सयौं उडान रद्द भएका छन् भने शांघाई जोड्ने सबैजसो राजमार्गहरू पनि बन्द भएका छन् ।आँधीको कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend